मोरङको केराबारीमा पनि एमालेको शानदार जित

 न्यूज विराट
मोरङको केराबारीमा पनि एमालेको शानदार जित

विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका हुन् ।

बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुमनले ७८१० मत प्राप्त गरे । उनले कांग्रेसका रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मतको अन्तरले पराजित गरे ।

कार्की निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् । कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै मगरले ७२६७ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका कार्कीले अध्यक्षमा ५ हजार ४ सय ९९ र उपाध्यक्षमा एमालेकी शान्तिकुमारी लिम्बूले ५ हजार ७ सय ४७ मत ल्याएर जितेका थिए ।

सो गाउँपालिकामा एमालेले बहुमत वडासमेत जितेको छ । एमालेले वडा नम्बरहरू १, २, ३, ५, ७ र १० नम्बर वडा जित्दा कांग्रेसले ४, ८ र ९ र माओवादी केन्द्रले ६ नम्बर वडा जितेको छ ।

सम्बन्धित समाचार

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

रुकुम, ४ असार-रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको ४ दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा...

म्यादी प्रहरीको फेरी भर्ना खुल्दै, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं, २६ साउन । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी...

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक २ घण्टादेखि जारी छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

उत्तर र दक्षिण कोरियाली सेनाबीच असैन्यकृत क्षेत्रमा गोली हानाहान

एजेन्सी, बैशाख २१ -उत्तर र दक्षिण कोरियाका सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैन्यकृत क्षेत्रमा दुई कोरियाका सेनाबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट चलेका थुप्रै...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्