बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी - News Birat

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

न्यूज विराट

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक २ घण्टादेखि जारी छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । सरकारले आज दिउँसो प्रधामन्त्रीसहित तीन जना उपस्थित भएपछि गणपूरक संख्या पुग्ने गरी अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशबमोजिम अहिले बैठक बसिरहेको हो ।

अध्यादेशको विरोधमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित छैनन् । त्यस्तै, सभामुख अग्नि साप्कोटा पनि अनुपस्थित छन् । बिहान बसे‍को बैठकमा सभामुख अनुपस्थित भएपछि ५ बजेका लागि बैठक सारिएको थियो । २८ मंसिरमा बोलाइएको बैठकमा पनि कांग्रेस सभापति देउवा र सभामुख सापकोटा उपस्थित नभएपछि निर्णय प्रभावित भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles