रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

 न्यूज विराट
रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्फबाट रतुवामाई नगपालिकाको मेयरका प्रत्यासि दुर्गा बिष्टले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा एमाले वडा नम्बर ८ कमिटीद्वारा आयोजित उम्मेदवार परिचय एवम् वृहत आमसभामा बोल्दै उनले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गरे ।

उपमेयरका उम्मेदवार दयन्ता चुडालले नगरले पाँच वर्षको अवधिमा विकास, न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताइन् । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफूलाई पुन उपमेयरको रुपमा अघि बढाएको स्पष्ट पारिन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य मेघराज शर्मा कट्टेलले नगरको स्वाधिनता र आर्थिक समृद्धिका लागि सूर्यध्वजावाहक उम्मेदवारलाई विजय गराउनु पर्ने आवश्यकता रहेको बताए ।

रतुवामाई ८ का वडाअध्यक्षका उम्मेदवार मानबहादुर लिम्बूले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टाचार मुक्त वडा बनाउने विश्वास व्यक्त गरे । उनले ८ नम्बरमा एमालेको पक्षमा जनलहर देखिएको भन्दै यसपटक पनि वडा नं. ८ मा एमालेकै नेतृत्व आउने दाबी गरे ।

 

सम्बन्धित समाचार

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

भारतका केन्द्रीय रेल राज्य मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी, ८ असोज-भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणका कारण मृत्यु भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११...

नेकपाकै नेताहरू कोरोना संक्रमणको जोखिममा गम्भीर भएनन् : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना...

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...

मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ । साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्