विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

 न्यूज विराट
विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए ।

उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाई करिब १०० ग्राम सुन बाहिर कालो टेपले बेरेर ल्याएको अवस्थामा फेला पारेपछि पक्राउ गरिएकाे हाे ।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानुनी व्यवस्था छ ।

त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५ सय ६५ रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्थ्यो । तर ती युवकले भन्सार राजस्व छलेर सुन लुकाएर ल्याएका पाइएकाे प्रहरीले जनाएकाे छ ।

भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानुन बमोजिम त्यस्तो सुन जफत गर्नुको साथै बजार मूल्य बराबर जरिवाना र कैद सजाय समेत गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...

सार्वजानिक गाडी दुरूपयोग गरेको भन्दै कानेपोखरीमा स्थानीयको विरोध

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनामले सार्वजानिक विदाको दिन सरकारी गाडी दुरूपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।सार्वजानिक विदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय गाउँपालिकाको मुख्य गेटमा मंगलबार...

हिमालय दर्शनका बिवेक सुवेदी भए देशभरीमा द्धितीय

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् । सोमबार सार्वजानिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत...

१३ फागुनदेखि खेलकुद महोत्सव हुने, ६१ सदस्यीय मूल समारोह समिति गठन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

धनगढीकी कोरोना संक्रमितको छैठौँ रिपोर्ट पनि पोजिटिभ

डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि...

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्