४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

 न्यूज विराट
४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

१ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको उनको भनाइ छ ।

आयोगले सञ्चारमाध्याममा निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने पनि उनले जानकारी दिए । सोमबार आयोजित नियमित पत्रकार भेटघाटमा पौडेलले भोलि (वैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया गर्न लागिएको बताए ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मत पत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,’ पौडेलले भने ।

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर, भदौ १० । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभएका एमाले नेता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार...

कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...

लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष...

‘ए’ डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेल

काठमाडौं, माघ २१–शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजबाट दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा...

नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठक २५ गते

काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...

अन्तर विद्यालय टेबलटेनिस सकियो : एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधी

विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि...

प्रदेश १ प्रदेशसभामा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (फोटो फिचर)

विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्