पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

 न्यूज विराट
पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

विराटनगर । नारदमुनि÷पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् ।
मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
कोषका संरक्षक छत्रपति लुइँटेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । हरेक वर्ष फागु पूर्णिमाको अघिल्लो दिन पारेर प्रदेश १ मा कार्यरत श्रमजीवी पत्रकारलाई पुरस्कृत गर्न शुरु गरेको हो । कोषले मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ झोराहाटमा बुधबार कार्यक्रम आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने संरक्षक लुइँटेलले बताएका छन् ।
यसैगरी कोषले सरस्वती नमूना उच्च मावि झोराहाटमा अध्ययनरत उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

१५ करोडको लगानीमा जनरल हस्पिटल आफ्नै भवनमा, बुधबार हुदैछ उद्घाटन

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने...

भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

काठमाडौं, २५ साउन-सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएकोबारे विश्व समुदाय जानकार रहेको भन्दै यसमा कुनै भ्रम नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस...

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

प्रदेश १ मा १८ संक्रमितथपिए, ४२ जना डिस्चार्ज

विराटनगर, साउन १५–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २÷२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष...

एमाले विराटनगरको निर्वाचन : संस्थापन पक्षको कमजोर पकड, ढकाल समूहको शसक्त उदय

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको निर्वाचनमा विनोद ढकाल समूहले संस्थापन पक्षलाई पराजय गरेको छ । शुक्रबार विहान सार्वजानिक मत परिणाम अनुसार बलराम गिरी (नवीन) को नेतृत्वमा ढकाल समूहले सबै प्रमुख पदाधिकारीमा कब्जा जमाएको छ...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

काठमाडौं, १३ वैशाख-सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म...

चीनमा पानीजहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी, १२ असोज । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्