बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

 न्यूज विराट
बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, १४ फागुन । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले आक्रमक ढंगले संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ ।

दलित समुदायका सवाल र मुद्धाहरुलाई राजनीतिकरुपमा उठान गर्दै आएको मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सबै पालिका तथा १५९ वटै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो । अभियान अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकामा सम्पन्न भेलाले ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले लालबीर सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

अधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा खगेन्द्र परियार, सचिवमा उमेश सरदार, सह–सचिवमा मुना महेश्वर चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै भेलाले सदस्यहरुमा दिलचन सरदार, श्याम सरदार, काजी ऋषिदेव, कविता सरदार, शम्भु सरदार, कुमार रुचाल, जुगलाल ऋषिदेव, गंगा विश्वकर्मा, कैलु सरदार, थापा ऋषिदेव, चिचुलाल सरदार, सियाराम सरदार, रेसे दमाई, रमेश परियार, नन्दु परियार, राजेन्द्र ऋषिदेव, रञ्जित हिंङ्माङ्ग, पवन ऋषिदेव, तिलक ऋषिदेव, शंकर ऋषिदेव, देवु ऋषिदेव, महिन्द्र ऋषिदेव, सियाराम सरदार, रमेशकुमार महतो, विनोद मण्डल, बद्री सरदार, चम्पा ऋषिदेव, स्वीटी पाल, अञ्जली ऋषिदेव, सुनिल ऋषिदेव, विजय ऋषिदेव, मनोज हिंङ्माङ्गलाई पाख्रिनलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा विकास हिंङ्माङ्ग, अञ्जली ऋषिदेव, पनरलाल सरदार, कृष्णकुमार सरदार, किरण सरदार, शम्भु सरदार, ओम सरदार, शिवलाल सरदार, दिनाराम सरदार, सुकदेव हरिजन, सागर विश्वकर्मा, जिवन ऋषिदेव, मनिषा सरदार, बुधलाल सरदार, चन्दा सरदार, जानकी सरदारलगायत चयन भएका छन् ।

भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय सभाका पूर्वा सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ इन्चार्ज खेम नेपालीले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी रहेका नेता नेपालीले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई रानीतिकरुपमा उठाउँदै आएको बताए । उनले भन्दा पहिले २०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा शसक्त ढंगले उठाउदै आएको बताए ।

सो अबसरमा कार्यक्रमका विशिष्ट अतिथी नेकपा (एमाले) प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

नेता चौधरीले देश र जनताका लागि नेकपा एमालेसँग मात्र स्पष्ट योजना रहेकाले आगामी तिनै तहको निर्वाचनमा अत्याधिक मतसहित विजयी गराउनुपर्ने बताए । उनले निर्वाचनमा एमाले सामु एक्लै लड्ने तागत कुनै दलसँग नरहेकाले विरोधी दलहरु गठबन्धनको नारा लगाउँदै हिँडेको बताए ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी मोरङका सदस्य बलभद्र सरदार, मुक्ति समाज प्रदेश कमिटी सदस्य विक्रम मग्राती, जिल्ला कमिटी अध्यक्ष किशोर विश्वकर्मा, सदस्यहरु टिकाराम सरदार, अन्चु मोची, एमाले बुढीगंगा गाउँपालिका कमिटी सचिव अर्जुन बोगटी लगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै बुढीगंगा गाउँपालिकाका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए । उनीहरुले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए । नेताहरुले एमालेकै नेतृत्वमा समृद्ध नेपाल शुखि नेपालीको नारा साकार बन्ने दावी गरे ।

सम्बन्धित समाचार

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोभिड-१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना संक्रमणबाट यो साता बेलायतमा दुई र अल्जेरियामा एक गरी थप तीन जनाको मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना...

लिदी पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, ३१ साउन-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर...

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ । आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष...

२४ घण्टामा देशभर थपिए ३६० कोरोना संक्रमित

काठमाडौं, २२ साउन-आज देशभर थप ३६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्