पार्टी फुटाउनेहरूसँग चुनावी तालमेल र एकता हुँदैन:ओली

 न्यूज विराट
पार्टी फुटाउनेहरूसँग चुनावी तालमेल र एकता हुँदैन:ओली

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नेहरूसँग चुनावी तालमेल नहुने बताएका छन् ।

स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले पार्टी फुटाउनेहरूसँग चुनावी तालमेल हुन्छ कि भन्ने भ्रम नपाल्न कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

कतिपयमा चुनाव अघि पार्टी एकता हुन्छ कि चुनावी तालमेल हुन्छ कि भन्ने भ्रम रहेको भन्दै ओलीले भने, ‘पार्टी विभाजन गर्ने तत्वहरूसँग चुनावी तालमेल र पार्टी एकता हुँदैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेल्ने र षड्यन्त्र गर्नेहरूसँग पनि सहकार्य नहुने बताए ।

‘पार्टी फुटाउने, त्यसको नेतृत्व गर्ने र साउन २५ गते पार्टीले निष्कासन गरेका १४ सांसदमाथि कारबाहीको सूचना जारी नगरेर पार्टी फुटाइयो । त्यस प्रकारका षड्यन्त्रमा लागेका तत्वहरूसँग चुनावी तालमेल हुन्छ कि पार्टी एकता हुन्छ कि भन्ने भ्रम नराखे हुन्छ । आशंका नगरे हुन्छ पार्टी फुटाउनेहरूसँग कुनै चुनावी तालमेल गर्दैंनौं,’ उनले भने, ‘हामी चुनाव एक्लै लड्छौं र जित्छौं ।’

अध्यक्ष ओलीले देश र जनताका लागि काम गरेकाले जनता आफूहरूको साथमा रहेको बताए । उनले देश र जनताको हितविपरीत कुनै पनि काम गर्न दिने बताए ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा पनि राष्ट्रियस्तरमा कुनै पनि दलसँग तालमेल नहुने बताए । ‘हामी एक्लै निर्वाचन लड्छौं । स्थानीय तहमा कहीँकतै तालमेल भएछ भने बेग्लै कुरा हो । राष्ट्रियस्तरमा कुनै पनि दलसँग चुनावी तालमेल गरेर जाँदैनौं । एक्लै लड्छौँ र विजयी हात पार्छौं,’ उनले भने ।

सम्बन्धित समाचार

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

बुढानिलकण्ठ स्कुलको उत्कृष्ट नतिजा, सिरिन भट्टराइले ल्याइन ४ जीपीए

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. का विद्यार्थीहरुले एईईको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण...

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

एजेन्सी, जेठ १७-अमेरिकाले कोरोना भाइरसको महामारीबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ पूर्ण रुपमा चीनको इशारामा चलेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्...

बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

मोरङका २ सय बढी पत्रकारको कोरोना बिमा

विराटनगर, जेठ ९–मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था र स्वयं बिमित व्यक्तिको सहकार्यमा १...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्