रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

 न्यूज विराट
रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै अमेरिका र नेटो गठबन्धनले यसअघि चेतावनी दिँदै आएका थिए ।

रुसले युक्रेनलाई नेटो गठबन्धनमा समावेस हुनबाट रोक्न भन्दै सीमा क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सेना परिचालन गरेको अमेरिका र उसका नेटो सहयोगी पश्चिमा युरोपेली मुलुकले दाबी गर्दै आएका छन् । तर, रुसले यस्तो आरोप खारेज गर्दै आएको छ ।

गत शुक्रबारमात्र अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच वार्ता भएको थियो । सो वार्तामा कुनै सहमति नजुटेपछि दृश्यहरु झन तनावपूर्ण बन्दै गएका छन् । अमेरिकाले किभबाट आफ्ना दूतावासका कर्मचारी फिर्ता गरेको भोलिपल्ट सोमबार बेलायतले पनि कर्मचारी फिर्ता बोलाएको छ । लिथुअनियामा एफ–१६ लडाकु जेट, रोमानियामा सेना, बुल्गेरियामा एफ–३५ लडाकु विमान र बाल्टिक सागरमा लडाकु शिप परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबारै नेटोसम्बद्ध मुलुकहरूले लडाकु विमान र लडाकु शिप परिचालन गरेका हुन् ।

सम्बन्धित समाचार

धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २१ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा...

नेकपाको स्थायी कमिटी बैठक एक घन्टामै स्थगित

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए...

कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

विराटनगर, २ साउन–नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा. लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ करोड रुपैयाँ योगदान गरेको छ । सुर्य नेपालले कोरोना...

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो...

सह–प्राध्यापक प्रसाईंको विदाई

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंको विदाई गरिएको छ ।उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल...

मेरिल्याण्डमा निवन्ध प्रतियोगिता, मनस्वी र नन्दनी प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले सोमबार निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

कोशी प्रदेशमा एक वर्षमा साढे ९ हजारभन्दा बढी मुद्दा दर्ता, संगठित अपराधमा कमी

विराटनगर । कोशी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा ९ हजार ४ सय ६१ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । २०८१ सालको वैशाखदेखि चैतसम्म यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो...

सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुहोस् : प्रधानसेनापति थापा

काठमाडौं, ७ असार-नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्