विराटनगरमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ५१ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ५१ संक्रमित थपिए

विराटनगर, २६ पुस । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्र ५१ ज्नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

युरोपका राजदूतहरूलाई नेपालीको सहयोगका लागि तयार रहन निर्देशन

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले युरोपमा रहेका नेपालीबारे चासो राखेका छन् । कोरोना भाइरस संक्रमणको भयाभह स्थिति रहेको युरोपमा रहेका नेपालीका बारेमा चासो राख्दै त्यहाँस्थित नेपाली राजदूतहरूसँग कुराकानी गरेका हुन् । मन्त्री ज्ञावलीले आज युरोपस्थित नेपाली राजदूतहरूसँग...

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं,  १२ भदौ-शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

विराटनगर, २५ जेठ-प्रदेश १ को नीति कार्यक्रममाथि छलफल सुरू भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८को नीति कार्यक्रम माथि आज देखि छलफल सुरू भएको...

करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, २४ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका-५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको...

अध्यक्ष तिमिल्सिनाले गरे ७ प्रदेशका सभामुखसँग छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ७ वटै प्रदेशका सभामुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले ७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्