विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४, सुनसरी र झापामा २–२, उदयपुरमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ४, सुनसरीको दुहवीमा २, झापाको मेचीनगर र दमकमा १–१ र उदयपुरको बेलकामा १ जनामा संक्रमण भएको हो ।

प्रदेश १ मा आज ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

प्रदेश १ मा १२ संक्रमित थपिए

विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...

रवि आधारभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । अति विपन्न समुदायका...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...

सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदै

विराटनगर, पुस २८–यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्