विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मंसिर २ गते चुनाव गर्न आयोगको सिफारिस

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रदेश र संघीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपिलियासहितको पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति सिफारिस गरेको...

हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या ३ सय नाघ्यो

काठमाडौं, साउन ३१।  हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ । ७...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन

विराटनगर १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...

फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरे:ईश्वर पाेखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्