चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

 न्यूज विराट
चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरेका थिए ।

रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका हुन् । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो ।

शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरू त्यहाँ पुगेका थिए ।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर भएका थिए ।

रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।

सम्बन्धित समाचार

भव्य भयो ‘मोर्डन एरा लिटल च्याम्प्स’, दिवस, अनुसुया, सृष्टिका र आभा भइन् बिजेता

विराटनगर । विराटनगरस्थित मोर्डन एरो स्कुलमा ‘मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता सम्पन्न भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी मोर्डन एरा लिटल च्याम्प्स सम्पन्न भएको हो । छुट्टा –छुैट तीन विधामा...

विराटनगर महानगरद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान

विराटनगर, १२ भदौ । विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ । महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ संक्रमित थपिए

विराटनगर, २८ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...

विराटनगरमा ३१ सहित प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

अध्यादेश ल्याउनु गम्भीर : प्रचण्ड, दुई अध्यक्षले टुंगो लगाउनुस् : नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । खुमलटारस्थित निवासमा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा प्रचण्डले अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्