उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेमा प्रवेश

 न्यूज विराट
उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेमा प्रवेश

उर्लाबारी, कार्तिक २९ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार राजेन्द्र पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आइतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल र जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पौडेललाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

लामो समयदेखि माओवादी केन्द्रको राजनीतिमा रहेका पौडेल विगतमा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीको सदस्य समेत हुनुभएको थियो । गत स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार रहेका उर्लाबारी ४ निवासी पौडेल तेस्रो हुनुभएको थियो ।
पौडेलले नेकपा एमालेको सदस्यता लिँदा जिल्ला समन्वय समितिका संयोजक तथा एमाले प्रदेश कमिटी सदस्य नरेश पोखरेल, एमाले जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, पुष्प ढकाल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विराटनगरका पाँच सहित थप नौ जनाको मृत्यु

विराटनगर, ३१ वैशाख । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप नौ जनाको मृत्यु भएको छ । मोरङका विभिन्न तीनवटा अस्पतालमा शुक्राबार विहान सात र विहिबार विहान दुई जना कोरोना संक्रमित भएको हो । विराटनगरस्थित नोबेल शिक्षण...

तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

गोल्डेन अस्पतालमा भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो । २०६७ साल फागुन ११ गते...

मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’को...

ग्रामीण विकास लघुवित्तद्वारा भव्य वार्षिकोत्सव, उत्कृष्ट महिला सदस्यहरु सम्मानित

विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न प्रदेशहरुमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्