प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

 न्यूज विराट
प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ ।

सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।

वर्षा र त्यसपछिको डुबान, कटान अनि पहिरोबाट भएको क्षतिको विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सूचारु गर्न समनवय गर्ने निर्णय भएको छ ।

सडक अवरुद्ध भएकोले खाधान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकोले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सूचारु गर्न समन्वय गर्ने, वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भएपनि अन्य क्षतिको विवरण पूर्ण रुपमा आउन बाँकी रहेकोले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट यथासक्य चाँडै लिने, १४ जिल्लामा विपद्जन्य के के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाई सक्नने निर्णय भएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई संभावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारको लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढी पहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्धाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निर्णय भएको छ । बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुने गरी काम गर्न विपद् व्यवस्थापन समिति सक्रिय हुन निर्देशन दिनु भएको थियो ।

सोमबार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । बैठकमा समग्र प्रदेशको सुरक्षा, अपाध नियन्त्रण, लागूऔषध नियन्त्रणको विषयमा निकायगत रुपमा प्रस्तुति गरिएको थियो । बैठकमा मन्त्री कार्कीले अपराध अनि सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो । बैठकले सुरक्षा अवस्था, सीमापार अपराध, चोरी तस्करी नियन्त्रण जस्ता विषयमा जिल्ला सुरक्षा समितिहरुलाई आवश्यक निर्देशन दिने र रिर्पोटिङको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

वलपुर, १५ मङ्सिर-यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा...

कोशी अस्पतालमा फेरी एक व्यक्तिको मृत्यु, कोरोना आशंका

विराटनगर, साउन २३–कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले...

५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

जनकपुरधाम, ३० कात्तिक-जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

बढ्यो कोरोना संक्रमित हुनेको संख्या, बुधबार भेटिए ६६२ संक्रमित

दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने...

धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्धारा पदभार ग्रहण

विराटनगर, फागुन २२–धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार सर्वसम्मत रुपमा संघको अध्यक्षसहित सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् । सोमबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्