नेकपा (एमाले) मोरङ अधिवेशनः सुनवर्षीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा राजवंशी र सचिवमा कडेल निर्वाचित

 न्यूज विराट
नेकपा (एमाले) मोरङ अधिवेशनः सुनवर्षीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा राजवंशी र सचिवमा कडेल निर्वाचित

विराटनगर, १३ कात्तिक । नेकपा (एमाले) मोरङको पालिका अधिवेशन अन्तर्गत शनिबार सुनवर्षी नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भेडुवाथानमा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

नगर कमिटीको अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा श्याम राजवंशी, उपाध्यक्षमा प्रदिप रायमाझि, सहसचिवमा रुपेश साह र भूमिका दुलाल सर्वसम्मत निर्वाचित भएका छन् । यस अघि पनि राजवंशी अध्यक्ष र कँडेल सचिव थिए ।

अधिवेशनले समावेशी नेतृत्व चयन गर्दै ७५ सदस्यीय नगरकमिटी सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव विष्णु कँडेलले जानकारी दिए । अधिवेशनमा प्रदेश कमिटी सदस्य रमेश पोखेरेल, रुप नारायण मिश्र, डिबि कार्कीलगायत पार्टीको जिल्ला कमिटीका नेताहरुलगायतको सहभागिता थियो ।

अधिवेशनमा सवै वडाबाट ४ सय ७५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुनवर्षी नगरपालिकामा नेकपा (एमाले) का १८ पार्टी संगठित सदस्य सहेको सचिव कँडेलले बताए ।

 

सम्बन्धित समाचार

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

उपचारका क्रममा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ

चितवन, २४ जेठ-चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका-६ का २७ वर्षीय युवकको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । माडीको...

एनसीडिए कोशी प्रदेशको दोस्रो अधिवेशन सुरु, नयाँ नेतृत्व छान्न आइतबार निर्वाचन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...

वायुसेवा सञ्चालकले भने : थप बन्दाबन्दी थेग्न सकिन्न

काठमाडौं, २८ कात्तिक-वायु सेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप...

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...

राससको जिल्ला समाचारदाता दाहाल पुरस्कृत

विराटनगर । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ ।सो पुरस्कारको राशि रु २० हजार छ ।कोशी प्रदेशका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी...

नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठक २५ गते

काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी, ११ असार-चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो । जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्