प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

 न्यूज विराट
प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार

कोरोना जितेका भन्छन्‘हामीले कोरोना परास्त गर्यौँ चिकित्सकबाट राम्रो उपचार सेवा’

विराटनगर, वैशाख २४–भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भए । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९...

जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले...

सौर्य एयरलाइन्सले विराटनगर– भैरहवा उडान गर्दै, दैनिक पौने चार बजे भैरहवा उड्ने

विराटनगर, १६ कात्तिक । सौर्य एयरलाइन्सले आगाी कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा उडान गर्ने भएको छ । प्रदेश नं. १ को राजधानीस्थित विराटनगर विमानस्थलबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा उडान गर्ने भएको हो । अन्तरप्रदेश उडान गर्ने...

पछिल्लो २४ घण्टामा ३३० संक्रमित थपिए, ३२ जना डिस्चार्ज

विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई,...

थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोरोना भाइरस...

व्यवसायीको सहयोगले बजारमा कालो बजारी छैन : अर्थमन्त्री खतिवडा

काठमाडाैं, ७ वैशाख-अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजार व्यवस्थित भएको दाबी गरेका छन् । उनले आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको छलफलमा यस्तो बताएका हुन् । बजारमा कालो बजारी हुन्छ कि भन्ने शंका गरिएको अवस्थामा...

सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो...

चैतयता एक्टिभ ६४ हजार मोबाइल नम्बर सेनाको निगरानीमा

काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्