सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

 न्यूज विराट
सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

विराटनगर, २ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा परेको छ । इटहरीस्थित बिभिन्न खोलाहरूमा आएको बाढीका कारण शहरदेखि भित्री गाउँसम्म डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांश भूभागहरू जलमग्न बनेका छन् भने सयौं घरहरूसमेत डुबानमा परेका छन् ।

लगातार परेको पानीले किसानहरूलाई ठुलो मार्कामा पारेको छ । दशै सकिएर थन्काउन लागेको धान खेत बगरमा परिणत भएपछि कृषकहरू मार्कामा परेका हुन । स्थानीय खोलाहरूमा आएको बाढीका कारण कोसी राजमार्ग अवरूद्ध बनेको छ । अविरल वर्षाका कारण इटहरी–२० तरहराको पानीपिया क्षेत्र पनि डुबानमा परेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार सो क्षेत्रका ६ घरका १५ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरिएको छ । निरन्तरको वर्षाले इटहरीका अधिकांश स्थानमा बाढी पसेको छ । त्यस्तै विभिन्न ठाउँबाट धरान जाने सबै सवारी साधन तरहरामा रोकिएका छन् । पानीपियामा बाढी पसेपछि सबै सवारी साधन तरहरामामै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।

सम्बन्धित समाचार

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको...

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टि, १२६२ जना डिस्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, ५८ पदकसहित पब्लिक मावि प्रथम (फोटो फिचरसहित)

विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सुरु भएको सो प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।  यस वर्षको राष्ट्रपति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्