विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा मंगलबार पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर एकै परिवारका एक बालिका र एक बालकको मृत्यु भएको हो ।
सुनसरी धरान उपमहानगरपालिका– १३ स्थित नागेश्वर मार्गका निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमाथीबाट पहिरो झरेर एक तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नविनराज राईले जानकारी दिए ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी खटिएको प्रहरीले टोलिले दुवै बालबमालिकालाई मृत अबस्थामा फेला पारेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।