लेकाली समुदायमा न दसैँ आउँछ, न तिहार

 न्यूज विराट
लेकाली समुदायमा न दसैँ आउँछ, न तिहार

विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै ।

त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

तिनलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए । मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए । सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ ।

सम्बन्धित समाचार

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

विराटनगरको कवाडीे गोदाममा आगलागी : पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर (फोटो फिचर)

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान...

फोनपेको दुबई ट्रिपका विजेता घोषणा

काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...

प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्