साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

 न्यूज विराट
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको उपाधि भिडन्त रोमाञ्चक  हुनेछ । पाँच देश सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको दोस्रो स्थानमा रहेर नेपालले उपाधिका लागि शीर्ष स्थानमा रहेको भारतको सामना गर्न लागेको हो  ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । त्यसैले पनि भारतविरुद्धको आजको उपाधि भिडन्तमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । फाइनलमा भारतलाई हराउँदै उपाधि उचालेर नेपाल इतिहास रच्न चाहन्छ । तर, सात पटकको च्याम्पियन टोली भारतलाई सजिलै हराउन भने नेपाललाई सहज हुनेछैन ।

कप्तान किरण चेम्जोङले उपाधि उचाल्ने लक्ष्यका साथ भारतविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । ‘राम्रो तयारी गरेका छौँ । खेल कठिन छ तर हामी हाम्रो लक्ष्य पूरा गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।

नेपालविरुद्ध हाबी छ भारत

नेपालविरुद्धको खेल इतिहासमा भने भारत हाबी छ । नेपाल र भारतले एकअर्काविरुद्ध सबैखाले प्रतियोगिता गरी अहिलेसम्म २३ खेल खेलेका छन् ।

जसमा भारतले १५ खेल जितेको छ भने नेपालले जम्मा तीन खेलमा मात्रै जित हासिल गरेको छ । पाँच खेल भने बराबरीमा सकिएका छन् । नेपालले पछिल्लो पटक घरेलु मैदान दशरथ रंगशालामा गत भदौमा भारतसँग दुई मैत्री खेल खेलेको थियो ।

जसमा पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा भारतसँग २-१ ले पराजित भएको थियो । पछिल्लो पटक जारी साफको लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो ।

नेपाल भर्सेस भारत : खेल इतिहास 

१.    सन् १९८५ डिसेम्बर ३१, ढाका : भारत २-० ले विजयी
२.    सन् १९८७ डिसेम्बर २३, कोलकाता : भारत १-० ले विजयी
३.    सन् १९८९ अक्टोबर २३, इस्लामावाद : भारत २-१ ले विजयी
४.    सन् १९९३ जुलाई १९, लाहोर : भारत १-० ले विजयी
५.    सन् १९९३ डिसेम्बर २६, ढाका : पेनाल्टी सुटआउटमा नेपाल ४-३ लेविजयी
६.     सन् १९९५ डिसेम्बर २५, मद्रास : भारत ३-० ले विजयी
७.    सन् १९९८ डिसेम्बर ५, बैंकक : भारत १-० ले विजयी
८.     सन् १९९९ सेप्टेम्बर ३०, काठमाडौं : भारत ४-० ले विजयी
९.     सन् २००५ डिसेम्बर १८, कराँची : भारत २-१ ले विजयी
१०.     सन् २००६ अप्रिल ९, चिटगाउँ : नेपाल ३-० ले विजयी
११.     सन् २००८ जुन ३, माले : भारत ४-० ले विजयी
१२.     सन् २००९ डिसेम्बर ७, ढाका : भारत १-० ले विजयी
१३.    सन् २०१२ अगस्ट ५, नयाँ दिल्ली: नेपाल र भारत गोलरहित बराबरी
१४.    सन् २०१३ सेप्टेम्बर ५, काठमाडौं : नेपाल २-१ ले विजयी
१५.    सन् २०१३ नोभेम्बर १९, सिलगुढी : भारत २-० ले विजयी
१६.    सन् २०१५ मार्च १२, गुवाहटी : भारत २-० ले विजयी
१७.    सन् २०१५ मार्च १७, काठमाडौं : नेपाल-भारत गोलरहित बराबरी
१८.    सन् २०१५ अगस्ट ३१, पुना : नेपाल-भारत गोलरहित बराबरी
१९.    सन् २०१५ डिसेम्बर २७, त्रिवेन्द्ररम : भारत ४-१ ले विजयी
२०.    सन् २०१७ जुन ७, मुम्बई : भारत २-० ले विजयी
२१.    सन् २०२१ सेप्टेम्बर २, काठमाडौं : भारत र नेपाल १-१ को बराबरी
२२.    सन् २०२१ सेप्टेम्बर ५, काठमाडौं : भारत २-१ ले विजयी
२३: सन् २०२१ अक्टुबर १३, माले  : भारत १–० ले विजयी

सम्बन्धित समाचार

नेपाल बैंक लिमिटेडद्वारा ब्याजमा छुट

काठमाडौं, ८ जेठ-नेपाल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैंकले दिएको जानकारीअनुसार २०७६ चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म कायम भएको ब्याजदरमा २ प्रतिशत बिन्दुले छुट...

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

विराटनगरमा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।...

डाक्टर दिपक सिग्देलसहित पाँच जना चिकित्सक ११ औं तहमा बढुवा

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।...

अनुसन्धानमा सफल इन्स्पेक्टर दिवस कुँवर उत्कृष्ट प्रहरी घोषित

विराटनगर। अपराध अनुसन्धानमा अब्बल क्षमताका साथ परिचित इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इनिसपेक्टर) दिवस कुँवरलाई कोशी प्रदेश प्रहरी कार्यालयले चैत महिनाको ‘उत्कृष्ट प्रहरी’को रुपमा घोषणा गरेको छ। कुँवरले धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

आज लकडाउनको ३३औँ दिन

काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्