एनआरएनएको महाधिवेशन स्थगित

 न्यूज विराट
एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । उहाँका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौँ आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति क्षमा मागेको छ ।
एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार

सास्थम कलेजका बिएचम र बिबिएका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

नेपाल–भारत सीमानाकामा सीसीटिभी जडान गरिने

प्रदेश–२ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला...

अस्पतालबाट भागेका अभियुक्त दुईदिनपछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। फरार भएको दुइदिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको...

गृहले ल्यायो क्वारेन्टाइनबाट भागे तत्काल प्रहरीलाई खबर पुग्ने ‘एप’

संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको...

झापामा गुमानसिंह तामाङसहित माओवादीका सयौं प्रभावशाली नेता एमालेमा प्रवेश

झापा, पुस १२। झापामा विभिन्न दलका हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले दमक...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्