कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

 न्यूज विराट
कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् ।

नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि दबाब दिने निर्णय गरेको हो ।

बानेश्वरस्थित निधि निवासमा बसेको तीन नेताहरूको बैठकले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुँदा पार्टीको बदनाम भएको भन्दै तत्काल सरकार विस्तारका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

‘दुई महिनासम्म सरकार विस्तार नहुँदा जुन किसिमले पार्टीको छविमा प्रश्न उठिरहेको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्रधानमन्‍त्री समेत रहनुभएका सभापतिले निकै ढिला गरिसक्नुभयो । अब तत्काल मन्त्रिपरिषद् विस्तार हुनुपर्छ भन्ने हाम्रो सामूहिक धारणा छ, ‘उनले भने ।

सरकार विस्तार नहुँदा कांग्रेस र गठबन्धन सरकारमाथि विश्वसनीयताको प्रश्न उठेकाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न सभापतिलाई ध्यानाकर्षण गराउने निर्णय भएको उपसभापति निधिले बताए । ‘हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ। तर अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । आज ८२/८३ दिन भइसक्यो सरकार गठन भएको, त्यो ज्यादै ढिला भयो। यति ढिलो हुनु हुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौँ,’ निधिले भने ।

सरकार विस्तारमा ढिलाई हुँदा गठबन्धन र कांग्रेसप्रति नकारात्मक मानसिकता विकसित भइरहेकाले त्यसप्रति तीनै नेता चिन्तित रहेको उनको भनाई छ । ‘ढिलाइको कारणले जनतामा  गठबन्धन र सरकारको कार्य प्रणाली र विश्वसनीयतामाथि नै टिकाटिप्पणी हुन थालेको छ। यसमा हामीले चिन्ता व्यक्त गर्‍यौँ,’ निधिले भने ।

गठबन्धनका दलहरूबीच मन्त्रालय र संख्यामा भागबण्डा नमिल्दा अढाइ महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनको कार्यदलले स्रोत साधन बढी भएका मन्त्रालयको समान वितरण, संसदमा कायम रहेको संख्याका आधारमा मन्त्रीको संख्या दिने मापदण्ड तयार गरेको छ । तर मन्त्रालयको भागबण्डा मिलाउनका निम्ति सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य स्थितिको कारण देखाउँदै बैठक बस्न नसकेको हो । नेता नेपाल त्रिवि शिक्षण अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।

कांग्रेसका तीन नेताहरूले चार जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद छिटो टुंगो लगाएर वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि सभापति  देउवाको ध्यानाकर्षण गराएका छन् ।

बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन बाँकी छ । यस्तै नेताहरूले १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा समेत छलफल गरेको निधिले बताए ।  ‘१४ औं महाधिवेशनमा हामीले पदाधिकारीहरूको उम्मेदवारी बारेमा साझा धारणा बनाउने, साझा उम्मेदवारी बनाउने बारेमा पनि छलफल गर्यौँ  यो छलफल आगामी दिनमा पनि जारी राख्छौं ।’

कांग्रेसको १४ औँ महाधिवेशनका निम्ति कोइराला, निधि र सिंह तीनै जनताले सभापतिमा उठ्ने बताइरहेका छन् ।

सम्बन्धित समाचार

सेल्फी रोडमा उम्रियो बाक्लो झार, वडा कार्यालयको छैन चासो

विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो । तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ...

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

काठमाडौं, जेठ १२-सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा...

प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोग

प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...

विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

मोरङको कटहरीमा दुर्घटना, साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ ।कटहरी २ गोपाल फन पार्क अगाडी ट्रकको ठक्करबाट साईकल यात्रीको आइतबार दिउँसो मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जादै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्