नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

 न्यूज विराट
नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् ।

‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्‍यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्‍यालले भने, ‘अब नयाँ नेतृत्व आउनुपर्छ ।’

आफूहरू क्यान कमजोर भएको बेला लागेको र अब क्यान बलियो भइसकेकाले बाहिरिन चाहेको उनले बताए ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासङ्घको सहयोग

नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई ५/५हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

गृह जिल्ला झापा आएर प्रधानमन्त्री ओलीले भने–मलाई हटाएर देखाउनुस

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन...

रैथानी एकता परिषदद्वारा विराटनगरका युवाहरुबिच अन्तरकृया

विराटनगर, १५ फागुन । रैथानी एकता परिषद प्रदेश १ कमिटिले रैथानिक विषयमा विराटनगरका युवाहरु बीच अन्तरक्रिया कार्यक्रम गरेकोे छ । विराटनगर आयोजित कार्यक्रममा रैथानीहरु परापूर्वकालदेिख नेपालमा बसोवास गर्दै आइरहेको विषयमा केन्द्रित रहेर युवाहरु बीच अन्तरक्रिया...

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएर समुदायस्तरमा संक्रमण देखिएन थालेपछि पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ। विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा भनिएको छ । विश्वविद्यालयले भदौदेखि...

एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।...

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्