राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

 न्यूज विराट
राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण  कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय विराटनगरका प्रमुख तीर्थराज बरालले उक्त कार्य थालिएको जानकारी दिनु भयो।

वसं १९६८ मा पहिलो पटक सुरु भएको जनगणना यस पटकको १२औँ हो। आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणना–२०७८ को नारा ‘मेरो गणना मेरा सहभागिता’ दिइएको छ। राष्ट्रिय जगणनाकै आधारमा सरकारले योजना बनाउने र नागरिकलाई सेवासुविधा प्रदान गर्न पञ्चवर्षीय योजना बनाउने गरेको छ ।

सुपरीवेक्षकले स्थलगत रुपमा मुख्य परिवारको प्रमुखकोे नाम र परिवारको सङ्ख्याको सङ्कलन गर्नुका साथै गणना क्षेत्रको नक्शाङ्कन गर्र्ने छ। एक सुपरिवेक्षकले ९०० देखि देखि एक हजारसम्म परिवारको सूचीकरण गर्ने छन्। सुपरिवेक्षक स्थानीय बासिन्दा राखिएकाले सूचीकरण सहज र सरल हुनेछ। मोरङलाई जनगणनाका लागि दुई क्षेत्रमा विभाजन गरी कार्यालय राखीएको छ। दक्षिणी क्षेत्रको कार्यालय विराटनगरमा र उत्तरी क्षेत्रको कार्यालय बेलबारीमा छ ।

मोरङमा रहेको १७ स्थानीय निकायमध्ये (क) कार्यालयले दक्षिणी क्षेत्र अन्तर्गत सात स्थानीय निकायमा विराटनगर, कटहरी, जहदा, धनपालथान, सुनबर्र्षी, रङ्गेली, र रतुवामाईमा बसोबास गर्ने परिवारको लगत तथ्याङ्क सङ्कलन गर्ने छ।

अन्य १० स्थानीय निकायको बेलबारी कार्यालयले गर्ने प्रमुख बरालले बताए। दक्षिणी क्षेत्र अन्तर्गत पाँच स्थानीय जनगणना कार्यालय स्थापना गरी विराटनगर वडा नं १ देखि ८ सम्म र १९ वडाको लागि पहिलो, वडा नं ९ देखि १८ सम्मका लागि दोस्रो, कटहरी कार्यालय तेस्रोले कटहरी, जहदा र धनपालथान, रङ्गेली कार्यालय चौंथोले रङ्गेली र सुनबर्षी र रतुवामाई पाचौँले रतुवामाई क्षेत्रको सूचीकरण र गणना गर्ने छ ।

प्रदेश जनगणना सम्वन्य समितिको संयोजकमा प्रदेशमा प्रमुख सचिव, जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय निकायमा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ। दक्षिण क्षेत्रका लागि नियुक्त १४० सुपरीवेक्षकले घरघर पुगेर परिवारको मुख्य मुख्य तथ्याङ्क सङ्कलन गर्ने छ। पहिलो चरणमा आउने सुपरिवेक्षकले घरको र घरमा अलग भान्सा गरी बस्दै आएका सबै परिवारको सूची तयार गर्नेछन् ।

उनीहरुले घरको प्रयोगसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गर्ने सबै महिला, पुरूष र अन्य लिङ्गीको सङ्ख्या, परिवारले कृषि तथा पशुपालन कार्य गरेको भएमा सो सम्बन्धी विवरण, बैंक तथा वित्तीय संस्थामा खाता भए नभएको, ऋण लिए नलिएको, चुक्ता भएको नभएको, व्यावसायिक शिक्षा तथा तालिम र सरकारी अनुदानबाट आवासीय घर निर्माण गरे नगरेको सम्बन्धमा प्रश्न सोध्नेछन्। सुपरिवेक्षक सूचीकरणमा सोधिने प्रश्नहरुको ३६ महल रहेको छ ।

जनगणनाले मुलुकको जनसङ्ख्याको आकार, बनावट, वितरण र वृद्धिसम्बन्धी सबै भन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउछ भने यसबाट सबैभन्दा सानो प्रशासकीय एकाइ वडातहसम्मको लैङ्गिक तथा समावेसी तथ्याङ्क प्राप्त हुने भएकोले विकास निर्माणका काम तथा लक्षित कार्यक्रम तर्जुमा तथा सञ्चालन गर्न आवश्यक सूचना प्राप्त हुन्छ।

प्राप्त तथ्याङ्कबाट बाटोघाटो, पुल, विद्यालय, उद्योग धन्दा, स्वास्थ्यसेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबास व्यवस्था, विकास बजेटको बाँडफाँट र मानवविकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने तथ्याङ्कसमेत जनगणनाबाट प्राप्त हुने भएकोले यसको ठूलो महत्व छ ।

संविधानमा व्यवस्था भएको मौलिक हक जस्तै, महिला, दलित, सामाजिक न्याय, आवास, बालबालिका लगायत अन्य हकको कार्यान्वयन गर्न र त्यसको मूल्याङ्कन गर्न, नागरिकको सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, सङ्घ, प्रदेश र स्थानीय तहमा वित्तीय स्रोत बाँडफाँटलगायतका कार्य गर्न जनगणनाबाट प्राप्त तथ्याङ्कको निकै महत्व हुन्छ। जनगणनाको लागि खट्ने गणकलाई आगामी कात्तिक १३ देखि १७ गतेसम्म तालिम दिइने भएको छ। मोरङको दक्षिण क्षेत्रमा ५६० गणककले तथ्याङ्क सङ्कलन गर्ने प्रमुख बरालले बताए ।

सुपरीवेक्षकले दिएको नक्शाङ्कन अनुसार एक गणकले २५० देखि ३०० परिवारको तथ्याङ्क सङ्कलन गर्ने छन्। गणकले पारिवारिक र व्यक्तिगत गरी दुई खण्डमा प्रश्न घरपरिवारलाई सोध्ने छन् ।

पारिवारिक प्रश्न अन्तर्गत घरको बनोट (भूइँ, जग, गारो, छानो), परिवारले प्रयोग गरेको खानेपानी, खाना पकाउने इन्धन र बत्तीको स्रोत, चर्पीको प्रकार तथा घरायसी सुविधा र साधन, महिलाका नामका घरजग्गा भए नभएको, परिवारले सञ्चालन गरेका साना घरेलु व्यवसाय, मृत्युसम्बन्धी र विदेश गएका व्यक्तिसम्बन्धी प्रश्न पर्दछन् ।

व्यक्तिगत प्रश्न अन्तर्गत परिवारमा अक्सर बसोबास गरिरहेका व्यक्तिको नाम, थर, उमेर, लिङ्ग, बालबालिकाको जन्मदर्ता र बसाइँको अवस्था, विवाह, जातजाति, भाषा, धर्म, शिक्षा, अपाङ्गता, जन्म, मृत्यु र बसाइँसराइ जस्ता जनसाख्यिक तथा सामाजिक विवरणका अतिरिक्त आर्थिक क्रियाकलापसम्बन्धी प्रश्न रहनेछन्।

उनीहरुले दुई ठूला पानामा पारिवारिक अन्तर्गत १६ महल र व्यक्तिगत ३६ महलमा विभिन्न प्रश्न सोध्नेछन्। गणकबाट सङ्कलन गरेको विवरण केन्द्रीय तथ्याङ्क विभाग काठमाडौंँ पठाइने प्रमुख बरालले बताए ।

जनगणनामा सङ्कलित सबै विवरण गोप्य रहन्छ। विवरणको तथ्याङ्क ऐन, २०१५ र यस बमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले व्यक्तिगत तथ्याङ्कको गोपनियताको सुनिश्चित गरेको छ।

जनगणनाबाट प्राप्त तथ्याङ्क व्यक्तिगतरुपमा नभइ सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ। सङ्घीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्क सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्याङ्कको स्रोत हुने र राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन आम प्रयोगकर्ताका लागि उपयोगी हुनेछ ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय जगतले पनि जनगणनाको तथ्याङ्क प्रयोग गर्दछन्। यस वर्षको जनगणनाका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ। विस २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

सम्बन्धित समाचार

म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि १ फेब्रुअरीयता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले...

सीमा अतिक्रमणको विरोधमा उत्रिएका २ दर्जन बढी युवा पक्राउ

काठमाडौं, २७ वैशाख-भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका २ दुर्जन बढी विद्यार्थी नेता कार्यकर्ता जना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको...

भारतीय गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपालमा

भारतीय प्रहरीको एक विशेष टोली नेपाल आएको छ । पञ्जाबका गायक सिद्धु मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपाल प्रवेश गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ । आइतबार मुसेवालाको हत्या भएको थियो । उनका...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात

विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश...

संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं, १२ मंसिर-संसदको हिउँदे अधिवेशन बोलाउने तयारी सुरु भएको छ । संविधानअनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बसिसक्नुपर्ने हुन्छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सरकारले अधिवेशन बोलाउन गृहकार्य...

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं, २७ असार । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्