बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

 न्यूज विराट
बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले ‘संविधान संशोधन मार्च’ गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको छ ।

आइतबार (३ असोज) दिउँसो २ बजे माइतीघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मार्च गरिने बृहत् नागरिक आन्दोलनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संविधान जारी गर्दा असन्तुष्ट भएका समुदायहरूलाई हालस्म पनि विश्वासमा लिने प्रयास नभएको तथा संविधान अधुरो र अपुरो रहेको बृहत् नागरिक आन्दोलनको ठम्याइ छ ।

‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहल समेत भएको छैन ।’

जनआन्दोलन र जनसंघर्षबाट स्थापित मुद्दालाई अधकल्चो पार्दै, जनतासँग परामर्श नगरी, द्रूतमार्गबाट संविधान जारी गरिएकोमा बृहत् नागरिक आन्दोलनको असन्तुष्टि छ । संविधान जारी गर्ने क्रममा मधेशी, थारूलगायतका आन्दोलनहरूमाथि निर्मम दमन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले गत ७ फागुन प्रजातन्त्र दिवसका दिन तिनिख्यः (टुँडिखेल) मा जारी गरेको नागरिक घोषणापत्रमा जनताका आधारभूत हक, अधिकारसहित सबै न्यायपूर्ण माग सम्बोधन गर्ने गरी पुनर्लेखन र संशोधनमार्फत संविधान अद्यावधिक गर्नुपर्ने र राज्य व्यवस्थामा नागरिक सर्वोच्चता कायम गर्नुपर्ने ठहर गरेका थियौँ,’ विज्ञप्तिमा भनिएको छ ।

संविधान विरोधाभाषपूर्ण रहेको भन्दै बृहत् नागरिक आन्दोलनले सार्वजनिक सेवासमेतको व्यापारीकरणले समाजमा असमानताको खाडल चर्काउँदै लोकतन्त्रलाई दुरुह बनाएको पनि जनाएको छ ।

‘राज्यका सर्वोच्च निकायका पदाधिकारीहरूले निरन्तरता दिइरहेको पुरानै शासकीय शैली र रवैयाको संवैधानिक उपचार गरी मितव्ययी, पारदर्शी र जनप्रीय संस्था निर्माण हुनुपर्छ भन्ने हाम्रो अडान छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जुम्ला तिला गाँउपालिका–२ का ७६ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ वैशाखमा उपचारका लागि अस्पताल भर्ना भएका ती...

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

विराटनगर बरगाछीमा मेलमिलाप दिवस

विराटनगर-नेपाली काग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता...

सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् । गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा...

भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता 

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पोषक प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा एसकेजीसम्म ६४ जना विद्यार्थीको...

मंसिर २ गते चुनाव गर्न आयोगको सिफारिस

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रदेश र संघीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपिलियासहितको पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति सिफारिस गरेको...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्