विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

 न्यूज विराट
विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो निर्णय लिएको बताएका छन् ।

‘लगातार ८-९ वर्ष लगातार तीन वटै फर्म्याट खेलिरहेको छु र निरन्तर ५-६ वर्षदेखि कप्तानी गरिरहेको छु,’ उनले भनेका छन्, ‘अब भारतीय टोलीलाई एकदिवसीय र टेस्टमा नेतृत्व गर्नका लागि आफूलाई ‘स्पेस’ दिनुपर्ने महसुस गरेको छु । मैले अहिलेसम्म टी-२० मा मेरो सबै थोक दिउको छु । अब टी-२० ब्याट्सम्यानको रूपमा अझै पनि उत्तिकै योगदान गर्नेछु ।’

आफूले यो निर्णय लिनुअघि आफ्ना नजिकसँग सल्लाह गरेको बताएका छन् ।

 

 

 

 

सम्बन्धित समाचार

विराटनगरको कपडा पसलमा आगजनी (फोटो फिचर)

विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास...

प्रदेश १ मा दलित अधिकारका लागि ऐन बन्ने, अधिकार सम्पन्न संरचना समेत स्थापना गरिने

विराटनगर, २७ जेठ । प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चीतताका लागि ऐन बन्ने भएको छ । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति...

छिमेकी बालकको हत्या आरोपमा एक दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...

कोरोनाविरुद्ध खोपको आशा, युरोपले ४० करोड डोज पाउने

एजेन्सी, जेठ ३२-कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी...

शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...

प्रदेश १ को प्रदेशसभा बैठकः तुइन काट्ने भारतीय एसएसवीलाई कारवाही गर्न सांसदको माग

विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...

प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

विराटनगर, चैत १९-नेपाल प्रेस युनियन मोरङले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । विश्वमा कोरोनाको महामारी फैलीरहेका दैनिक समाचार संकलनमा खटिइने सञ्चारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै बुधबार सामाग्री वितरण गरिएको हो । अध्यक्ष कुमार...

देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्