काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अव बिलाएर जाने ठोकुवा गर्नुभएको छ । एमाले काठमाडौंले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।
‘प्रचण्ड र माधव नेपाल मात्र आफ्नो स्वार्थका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गएको, एमाले भने एकीकृत नै रहेको बताउनु भयो । माधव नेपालसँग दुई चारजना गए होलान, पुराना मान्छे, नयाँ मान्छे कति हो कति एमालेमा थपिनुभयो । पुरानै नेताको कुरा गर्ने हो भने माओवादी केन्द्रका नेता हामीसँगै हुनुहुन्छ । प्रचण्डसँग देखाउने मान्छे एक दुई जना रहेछन । बाँकी कोही देखिएनन, ओलीले भन्नुभयो ।