आजदेखि सरकार खर्चबिहीन

 न्यूज विराट
आजदेखि सरकार खर्चबिहीन

काठमाडौं, ३१ भदौ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।

नेपालको ७० वर्षे बजेट इतिहासमा यस्तो अवस्था पहिलो पटक भएको हो । विधायकी स्वीकृत नलिएसम्म सरकारले खर्च गर्न नपाउने व्यवस्थाको कारण सरकार खर्चबिहीन बन्न पुगेको छ ।

१६ जेठमा अध्यादेशमार्फत अघिल्लो सरकारले ल्याएको बजेट ३० भदौदेखि निष्क्रिय भएको र सरकारले ल्याएको प्रतिस्थापन विधेयक पास भइनसकेकाे सन्दर्भमा बिहीबारदेखि मुलुक खर्चबिहीन भएको हो ।

बिहीबारदेखि बजेट ‘हाेलीडे’ सुरु हुँदै गर्दा बुधबार भने असार अन्तिम साता हुने खर्च जस्तै गरी बजेट निकासा गरिएको छ । पछिल्लो सात दिनमा गरिएको खर्च निकासा र बुधबार मात्रै गरिएको निकासा बराबर रहेको छ ।

सरकारी आय-व्यायको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालका अनुसार बुधबार मात्रै १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ रकम निकासा भएको छ । भदौ २३ गते देखि २९ गतेसम्म १६ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको छ । भने साउन महिनाभर ९ अर्ब ७१ करोड रुपैयाँको खर्च भएको छ ।

सम्बन्धित समाचार

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

झापामा अन्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुँदै

झापा, फागुन १०–झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही २० फागुनदेखि २५ सम्म सो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान र...

हतियार देखाएर व्यपारीसँग रकम अशुल्ने विराटनगरबाट पक्राउ

विराटनगर, १७ भदौ-बिराटनगर–४ सूथत कंचनवारीबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७...

आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल

कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए। उनका अनुसार...

भन्सार विभागमा इ–पेमेन्टबाट पहिलो महिनामै ७ अर्बभन्दा धेरैको कारोबार

नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँबराबरको राजस्व डिजिटल माध्यमबाट संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था गत १ पुसदेखि कार्यान्वयन गरिएको थियो । यसरी भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा...

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र...

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्