विराटनगरस्थित बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

 न्यूज विराट
विराटनगरस्थित बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए ।

बक्तृत्वकला प्रतियोगिताका द्वितिय, तृतीय र सान्तवनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो ।

उहाँका अनुसार सहभागिहरुवीच भदौ २७ गते अनलाईन मार्फत प्रतियोगिता गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणिन्द्र खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई अहिलेनै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताउनुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैवीच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो । भद्रपुर नगरपालिकालाई गत बर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार

निर्वाचन आयोगमा ‘नागरिक उन्मुक्ति पार्टी’ को निवेदन दर्ता

काठमाडौं, २० पुस । ‘नागरिक उन्मुक्ति पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन दर्ता भएको छ । निलम्बित सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन्...

पत्रकार निरौला सम्मानित

विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...

संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् । निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज...

अपाङ्गता भएका ३४ जनाले पाए ह्विल चियर

विराटनगर । मोरङ र सुनरीका ३४ जना अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चियर पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको हो । यसरी अपाङ्गता...

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्