विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ ।
१ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।