छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, १४ अर्बभन्दा बढीको कारोबार

 न्यूज विराट
छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, १४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २५ साउन । आज एकै दिन धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले १४ अर्ब रुपैयाँबराबरको शेयर किनबेच गरेका छन् । सोमबार नेप्से झिनो अंकले बढे पनि शेयर किनबेच भने १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँको हुन पुगेको हो । जसमा २ सय २४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता शेयर खरिदबिक्री भयो ।

कारोबार खुलेसँगै ओरालो लागेको नेप्से सूचक दिनभर अस्थिर बन्न पुग्यो । १२ बजार ३३ मिनेटमा दिनभर न्युनतम विन्दु ३०९८ अंकमा नेप्से पुग्यो भने अधिकतम ३१२१ विन्दुसम्म पुुग्यो । नेप्से सूचक राताम्मे बने पनि अन्तिम समयमा भने १ दशमलव ५४ अंकले बढेर हरियाली बन्न पुग्यो । नेप्से परिसूचक हरियो बने पनि ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २ दशमलव ०५ अंकले घटेर राताम्मे बन्यो।

जसले गर्दा वाणिज्य बैंक, व्यापार, होटल एण्ड टुरिज्म, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड तथा लगानी समूहका सूचक राताम्मे बने । तर जलविद्युत् र फाइनान्स समूहको भने ३ दशमलव ३५ प्रतिशतले सूचक बढ्न पुग्यो, योसँगै निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहका सूचक झिनो अंकले बढेर हरिया बने ।

जलविद्युत् समूह हरियो बनेसँगै आज सर्वाधिक कमाउनेहरूको सूचीमा जलविद्युत्‌क्षेत्रका कम्पनीहरू अगाडि छन् । जसमा हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसबाहेक फाइनान्सतर्फ आईसीएफसी फाइनान्स, विकास बैंकतर्फ कर्पोरेट विकास बैंक र माइक्रोफाइनान्सतर्फ जीवनविकास लघुवित्तको शेयरमूल्यमा सर्किट लाग्न पुग्यो । बाँकी कारोबारमा आएका ७३ कम्पनीको शेयरमूल्य बढ्यो भने १ सयवटा कम्पनीको शेयरमूल्य घट्न पुग्यो । जसमा आरम्भ चौतारी लघुवित्त, कृषि विकास बैंक, आशा लघुवित्त, बोटलर्स नेपाल, बैंक अफ काठमाण्डूलगायतका कम्पनी अगाडि छन् ।

बजार झिनो अंकले बढे पनि कारोबार भने उल्लेख्य रूपमा बढ्यो । आजको बजारमा लगानीकर्ताको उपस्थिति बाक्लै देखिन पुग्दा १४ अर्बभन्दा बढीको कारोबार हुन पुग्यो ।

आज शेयर खरिदविक्रीका क्रममा लगानीकर्ता अरुण हाइड्रोमा झुम्मिन पुगे । जसले गर्दा सो कम्पनीको एकै दिन ६७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

योसँगै आज माथिल्लो तामाकोसी, अपि पावर कम्पनी, सिनर्जी पावर विकास कम्पनी र युनाइटेढ मोदी हाइड्रोको सबैभन्दा धेरै कारोबार हुन पुग्यो ।

सम्बन्धित समाचार

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

आज दिउँसो प्रदेश १ सांसदको सपथ, पाँच सांसदको सपथ मातृभाषामा

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले आज सोमबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा पाँच जनाले भने मातृभाषा रोजेका छन् ।ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा...

कोरोनाबाट भारतमा ४ सय २९ जनाको मृत्यु, ३ दिनमै ९० जनाले गुमाए ज्यान

एजेन्सी, बैशाख ४-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा छ। यहाँ संक्रकणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आजसम्म ४ सय २९ पुगेको छ...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

मिल्स गोल्डकप : सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई...

प्रस्तावित रतुवामाई जेसीसले सुरु गर्यो ‘हरित नगरी’ अभियान

विराटनगर, साउन ९–सामाजिक क्षेत्रमा कृयाशिल रतुवामाई जेसिसले मोरङको रतुवामाई नगरपालिकामा ‘हरित नगरी’ अभियान सुरु गरेको छ । प्रस्तावित रतुवामाई जेसिसले ‘किप क्लिन एण्ड ग्रिन रतुवामाई’ भन्ने मुल नाराका साथ नगर क्षेत्रका किसानलाई बृक्षारोपणका लागि विभिन्न...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्