प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ५०, विर्तामोडमा ४८, कनकाई र भद्रपुरमा १६–१६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल्दिबारीमा १–१, मोरङको पथरीशनिश्चरेमा ४१, विराटनगरमा ३२, बेलबारीमा २१, लेटाङमा १७, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कानेपोखरी, धनपालथान, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा ५०, धरानमा ४७, इनरुवामा ३, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, पाख्रिबासमा ६, शहिदभूमी र छथरमा १–१, इलामको सन्दकपुरमा ३, चुलाचुलीमा २, इलाम नगरपालिका, मांसेबुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ५, उदयपुरको बेलकामा २, त्रियुगा र उदयपुरगढीमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार ६५७ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ९० संक्रमणमुक्त भएका छन् । आज ३५७ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ७४ रहेको छ । प्रदेश १ मा आज १ हजार ६०८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२१ महिला र २४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले सरकारले तोकेको आगामी १७ र २७ वैशाखमा...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, ६ फागुन । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

इप्रका रानीद्धारा २ लाख ६७ हजारको अवैध सामान बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले झण्डै तीन लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको २ लाख ६७ हजार १ सय मुल्य बरावरको अवैध सामान मंगलबार बरामद गरेको हो ।प्रहरीले...

दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

लद्दाख क्षेत्रमा फेरि हलचल

एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी...

कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्