देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

 न्यूज विराट
देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ ।

सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो ।

प्रदर्शनमा युवा संघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा कलंकको टीका भएको बताए । उनले देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदको निर्वाचन क्षेत्रमा पनि पुतला दहन गरिएको बताए ।

‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चेतावनी दिएका छौँ, ‘ सदस्य चौलागाईंले भने, ‘गद्दार काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवा संघ नेपाल जन्मिसकेको छ ।’

सूर्य चिह्नबाट चुनाव जितेर आफूले रूखमा भोट हाल्नु गद्दारीको पराकाष्टा भएको समेत सदस्य चौलागाईंले बताए ।  आइतबार प्रतिनिधिसभा बैठकमा नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

सम्बन्धित समाचार

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

विराटनगरमा रानी मिनी महोत्सव हुने, एक दर्जन बढी स्टल रहने

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० देखि पुस २० गतेसम्म एक महिना महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन...

एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् । एमाले कोशीको अधिवेशन...

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

कोरोना कहरकाबीच प्रदेश १ मा यसरी मनाइयो छठ (फोटो फिचरसहित)

विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन्...

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या,...

इलाममा आइटिएफ गठन, अध्यक्षमा किसान सुब्बा

विराटनगर । इलाममा आइ.टिएफ तेक्वान्डो एसोसिएसन संघ गठन भएको छ । समितिको अध्यक्षमा किसान सुब्बा खजुम रहेका छन् । समितिको उपाध्यक्षमा बबिता लिम्बु, सचिबमा मन प्रसाद लोङदम, कोषाध्यक्षमा तुलसी देवी खजुम र सदस्यहरूमा कमला लिम्बु,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्