देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

 न्यूज विराट
देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ । इजलाशले आज फैसला सुनाउने मिति तोके पनि यसै हुन्छ भन्ने निश्चित छैन ।

इजलासमा प्रधानन्यायाधीशसहित वरिष्ठतम न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा हुनुहुन्छ । धारा ७६ को उपधारा ५ बमोजिम केपी शर्मा ओली र शेरवहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न नसकेको भन्दै राष्ट्रपतिबाट जेठ ७ गते प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा भएको थियो । त्यसका विरुद्ध देउवासहित १ सय ४६ सांसद अदालत जानुभएका थियो । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा गरी ३० वटा रिट दर्ता भए पनि संवैधानिक इजलासमा सबैभन्दा पनि देउवाको रिटमाथि सुनुवाई भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा सुनुवाई सकिएपछि हेर्दा हेर्दैमा राखिएको मुद्दाको पेशी आज तोकिएको हो । फैसला आजै आउने वा नआउने भन्ने बिषयमा भने यकिन हुन सकेको छैन ।

सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा दिइएको छ । उहाँले लेखेको फैसलामा इजलाशमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित सवै न्यायाधीशको छलफलपछि आजै फैसला दिने कि भोलिका लागि राख्ने भन्ने निर्णय हुने सर्वाेच्च स्रोतको भनाई छ । स्रोतका अनुसार न्यायाधीश खतिवडा केही दिनी केही दिनयता फैसला लेखनमा हुनुहुन्छ ।

देउवाको पक्षमा माधवकुमार नेपालसहित एमालेका २३ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो । फैसला आउने अघिल्लो दिन एमालेमा १० बुँदे सहमतिसहित पार्टी एक भएको घोषणा भएको छ । एमालेको यो सहमतिसँगै देउवाको दावी खण्डित भएको र अदालतले यसलाई विचार गर्ने तर्क एमालेको छ ।

सम्बन्धित समाचार

विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...

८५८३ को परीक्षण गर्दा १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

काठमाडौं, १६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला...

मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत...

आज प्रदेश १ मा ४३ संक्रमित थपिए, ७२० जना डिस्चार्ज

विराटनगर, ११ कात्तिक–दशैँ सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । सोमबार दशैँको टिकाका दिन पनि ५ सय ८१ जनाको पीसीआर परिक्षण भएकोमा मंगलबार १ सय ६४ जनाको मात्र पीसीआर परिक्षण गरिएको...

दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् । दीपेन्द्रको...

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई बधाई तथा शुभकामना

काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्