विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो ।
जिल्ला स्तरीय खोप (कोभिड–१९) समन्वय समिति गत १८ गते र महानगरपालिकाको २३ गतेको निर्णय अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई देस्रो खोप लगाइने भएको हो ।
यस अघि सञ्चालन गरिएको पहिलो चरणमा खोप केन्द्रहरुमा भेरोसेलको पहिलो खोप लगाएकालाई मात्र भेरोसिलके दोस्रो खोप लगाउन लागिएको हो । महानगरपालिकाले जुन खोप केन्द्रबाट भेरोसेलको पहिलो मात्रा पाएको हो सोही केन्द्रबाट दोस्रो मात्रा पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।