मनसुनजन्य विपद् : २० दिनमा ३८ को मृत्यु, पाँच हजार विस्थापित

 न्यूज विराट
मनसुनजन्य विपद् : २० दिनमा ३८ को मृत्यु, पाँच हजार विस्थापित

काठमाडौं, १९ असार । मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ को मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विपद्मा परेर आजमात्रै थप चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङलगायत स्थानमा आज अवरोध भएका सडक पहिरो हटाइ सञ्चालनमा ल्याउने कार्य जारी रहेको छ । केही सडक खुलेका छन् । प्राप्त विवरणअनुसार बाढीका कारण ७९० घर डुबानमा, ५१९ घर, ९० गोठ, ३९ वटा पुल, ३ विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल ८१८ वटा पशुचौपाया मरेका छन् ।

पछिल्लो २० दिनमा मृत्यु भएका ३८ मध्ये २० पुरुष, ११ महिला, चार बालक र तीन बालिका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका पाँच, डोटीका चार, रोल्पा र गोरखाका तीन/तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुराका एक/एक जना रहेका छन् ।

विपद्मा परेर अहिलेसम्म २४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका २०, चितवनका तीन र बाजुराका एक जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

आज गोरखा र धादिङमा मानवीय क्षति

पहिरामा पुरिएर आज गोरखा र धादिङमा गरी चार जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ का ८० वर्षीय रमन पाण्डे र श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाइएको छ ।

यस्तै, धादिङ जिल्लाको वेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा खसेको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवी र अर्का एक पुरुषको सोही पहिरोमा खसेको ढुङ्गा लागेर एक पुरुषको पनि ज्यान गएको जनाइएको छ ।

उक्त पहिरोमा परी सडकमा गुडिरहेको बा १२ च ७१५६ नम्बरको म्याजिकसहित पाँच वटा सवारी साधनमा क्षति भएको छ । अन्य तीन घाइते भएका थिए । रासस

सम्बन्धित समाचार

आगामी एपिसोडदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुदै

काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा...

देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएकै दिन माधव समूह अलग, अल्पमतमा विपक्षी गठबन्धन

काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै...

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

‘चाँदीको घेरा, नेकपा बैठक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्