धनुषामा आफैँले चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला

 न्यूज विराट
धनुषामा आफैँले चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला

धनुषामा टिपरले किचिएको अवस्थामा चालकको शव फेला परेको छ । आफैँले चलाउने टिपरे किचिएको अवस्थामा २९ वर्षीय टिपर चालक बुद्ध तामाङको शव फेला परेको हो ।

प्रहरीका अनुसार तामाङ उदयपुरको कटारी नगरपालिका- २ का स्थायी बासिन्दा हुन् ।

स १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा शनिबार बेलुकी करिब ६ बजेतिर तामाङको शव फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । टिपरले टाउको किचेर नचिनिने अवस्थामा फेला परेको उनले बताए ।

मृतक परिवारले भने हत्या भएको भन्दै अनुसन्धान नहुन्जेल शव उठाउन नदिने अडान लिएको छ । ‘टिपर ४/५ फिट ब्याक गरेर पछाडिबाट किचेको छ । यो सुनियोजित हत्या हो,’ मृतकका दाइ हरि तामाङले भने ।

उक्त टिपरले सडक निर्माणका लागि गिट्टी बालुवा ढुवानी गरिरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं, १६ साउन-कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा...

ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध

काठमाडौं, ४ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि २ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले बिहीबारसम्म उम्मेद्वारी दिने समय तोकेकोमा प्रदेश १ बाट र द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका...

साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण

विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।...

अमेरिकाले जनताको विश्वासलाई अपमान गर्‍यो : चीन

एजेन्सी, जेठ २-अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ...

थप कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण...

कोशी प्रदेशको सुरक्षा बैठक सोमबार विराटनगरमा बस्दै, आज साझमा गृहमन्त्री आउँदै

विराटनगर । कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ । विराटनगरस्थित बीग होटलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साझ साढे ५ बजेको विराटनगर...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

सुनसरीको दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्