राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन : महासचिव पोखरेल

 न्यूज विराट
राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन : महासचिव पोखरेल

काठमाडौं, असार १२ । एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तिएको बताउनु भयो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै काम र कर्तव्य भए पनि एउटाको काममा अर्को निकायबाट हस्तक्षेप हुन थालेपछि देश सङ्कटतर्फ उन्मुख भएको उहाँको टिप्पणी छ । “सर्वोच्चले संविधानको किटानी व्यवस्था र राजनीतिक दलसम्बन्धी ऐन प्रबन्ध हेर्नुपर्ने हो, राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तियो,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले बाढीपहिरो, प्राकृतिक विपत्तिका बेला मुलुकले गृहमन्त्री नपाउनु, कोभिड महामारीका बेला स्वास्थ्यमन्त्री राख्न नपाइनु दुर्भाग्यपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

न्यायपालिकाको काम आमनागरिकले पनि बुझिरहेको भन्दै महासचिव पोखरेलले न्यायपालिकाले लोकतन्त्रसम्मत काम गरिरहेको छ कि छैन, नागरिकले मूल्याङ्कन गरिरहेको बताउनुभयो । “न्यायालयमाथि राजनीतिक दलले हस्तक्षेप गर्नुहुँदैन, राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन,” भमहासचिव पोखरेलको भनाई छ । पार्टीको आन्तरिक समस्या बाहिर छताछुल्ल गरेर समाधान नहुने भन्दै महासचिव पोखरेलले आन्तरिक विवाद आन्तरिक छलफल र संवादबाटै समाधान हुने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्यता रहेको बताउनु भयो । एकता कायम गर्न सबै लाग्नुको विकल्प नरहेको भन्दै उहाँले पार्टी एकताका लागि भावनात्मक कुरा गरेर मात्र नपुग्ने, ठोस कदम चाल्नुपर्ने बताउनु भयो । आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर पार्टीभित्रका केही नेताले अक्षम्य अपराध गरिरहेको उहाँले टिप्पणी पनि उहाँको छ ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थल खुल्यो, हवाई सेवा सुचारु

विराटनगर, कार्तिक ६ । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

बलिउडमा डिस्को रक स्थापित गराउने बप्पी रहेनन्

एजेन्सी, ४ फागुन । प्रसिद्ध भारतीय गायक तथा संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । आज लाहिरीको मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको हो । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, क्रिटिकेयर अस्पतालका निर्देशक...

क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

आज देशभर ७९८९ ले जिते कोरोना, ८१७३ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभर थप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्