अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

 न्यूज विराट
अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो । उहाँहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानि/नोक्सानी पुर्याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति :
मिति २०७८।०३।०९ गते ।
कर फछर्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल ९तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग० ले नेपाल सरकारको मिति २०७१/१०/२२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भनी आयोगमा परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक रु।१,००,३३,२०,३८५। (अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ० बक्यौता कर छुट दिएको पुष्टि हुन आयो । तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स(प्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजस्व विभाग) को उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय ९क० मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरु लुम्बध्वज महत, उमेश प्रसाद ढकाल र चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजस्व विभाग) उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो रु। १,००,३३,२०,३८५। (अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ) कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा ९१० को देहाय ९झ० बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

नारायण प्रसाद रिसाल
प्रवक्ता

सम्बन्धित समाचार

पाँचथरको पहिरोमा परी २१ को मृत्यु, मिक्लाजुङका मात्रै १५ जनाको ज्यान गयो

पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएका छन् । प्रमुख...

एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ । विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले...

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

न्यूजिल्याण्डमा कोरोना संक्रमण शून्य, प्रतिबन्धहरू फुकुवा

एजेन्सी, जेठ २६-न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमणको दर शून्यमा झरेको छ । संक्रमितको संख्या शून्यमा झरेसँगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ । न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्‍याउने उद्घघोष...

विराटनगरमा गणगौर पूजा महोत्सव भव्य मनाइयो

विराटनगर । विराटनगरमा ३६ औं गणगौर पूजा महोत्सव २०७९ मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो । महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र श्रृंगार,...

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

प्रदेश १ का उच्च पदाधिकारीसहित विराटनगरमा १८ जनामा कोरोना

विराटनगर, साउन १९–प्रदेश १ का एक उच्च पादधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ घर भएका प्रदेशका एक उच्च पदाधिकारी सहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । उनीसहित उनकी श्रीमती र छोरालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्