आज धेरै स्थानमा पानी पर्ने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुने

 न्यूज विराट
आज धेरै स्थानमा पानी पर्ने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने तथा प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुन सक्ने छ ।

ती क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा गेग्रान बहाव हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको तथा दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ भने प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित समाचार

नेपाल वादोरियो कराते डो संघ कोशीको अध्यक्षमा राजन कडेल, सचिबमा राजु धमला

विराटनगर । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन...

थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

काठमाडौं, १६ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा थप १ जना ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय...

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री आज आइपुग्दै

काठमाडौं, ६ जेठ-नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने भएको छ । सेनाले स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी  चीनको ग्वान्जा पठाएको थियो...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : पोखरीया, डिपिएस, प्रजातन्त्र स्काइ र मनासुल स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार...

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक दर्जन बढी विभिन्न अवार्ड जितेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ को समतिले एकै पटक १४ वटा अवार्ड जितेको हो ।  आउटस्ट्याण्डीङ क्लब अफ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्