तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

 न्यूज विराट
तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ।

शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।

नेपाल-चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचित गरेको छ।

‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज एकैदिन ८३९ संक्रमित थपिए

विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...

पछिल्लो २४ घन्टामा थप १९४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटकमा ८ महिला र १८६ जना पुरुष गरी जम्मा १९४ जना संक्रमित निको भएका हुन् । डिस्चार्ज...

वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ । यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी...

पहिराेमा पुरिएकामध्ये ६ जनाको शव भेटियाे

पर्वत, ३२ जेठ-पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले २ घर पुरिँदा २ परिवारका ९ जना पुरिएका...

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

सुनसरीमा हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

सुनसरी, ५ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्