लुम्बिनी : माओवादी केन्द्र रोजेकी प्रदेश सांसद बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण

 न्यूज विराट
लुम्बिनी : माओवादी केन्द्र रोजेकी प्रदेश सांसद बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण

दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ ।

जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तरकमुर ओलीको दुर्घटनाबाट निधन भएपछि ओली पत्नी बिमला नेकपाको तर्फबाट उम्मेदवार भइ प्रदेशसभामा निर्वाचित भएकी थिइन् । सर्वोच्च अदालतले एमाले र माओवामदी केन्द्र ब्युँताइदिएपछि बिमलाले गत बैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

स्पष्टीकरणमा पार्टी रोज्नु अगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भइसकेपछि बिमलाले रोज्न पाउने हक गुमाइसकेको उल्लेख छ । पार्टीको ह्वीपविपरीत सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको कारण खोज्दै एमालेले ‘तपाईंमाथि कारबाही किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको लामो समयपछि बिमलाले गत वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिइन् ।

सम्बन्धित समाचार

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको...

कोभिसिल्ड लगाएकालाई अस्ट्राजेनेकाकै अर्को खोप लगाइने

काठमाडौं, २३ जेठ । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने निर्णय गरेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो ।...

विद्युतको खपत घटेपछि कुलमानको आग्रह ‘ग्यास हैन इन्डक्सन चलाउनुस्’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो ।...

प्रचण्डकी पत्नी सीतादेखि संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

काठमाडौं, असोज ३ । सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ संक्रमित थपिए

विराटनगर, २७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा तीन सय ४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, संखुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका...

मिल्स गोल्डकपः एलेभने एरोज दुहबी सेमिफाइनलमा

विराटनगर, ९ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय...

विराटनगरमा जुक्त चप्पल व्यापार मेला सुरु, १० करोडको कारोवार गर्ने अपेक्षा

विराटनगर, ५ चैत । प्रदेश १ को राजधानी विराटनगरमा बिहिबारदेखि जुत्ता चप्पल ब्यापार मेला शुरु भएको छ । एकमहिने मेलामा ६ लाख जोर जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्