सिन्धुपाल्चोकमा बाढीले बगाएका ७ को भेटियो शव, अन्यको खोजी जारी

 न्यूज विराट
सिन्धुपाल्चोकमा बाढीले बगाएका ७ को भेटियो शव, अन्यको खोजी जारी

सिन्धुपाल्चोक, असार २-अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएको सात जनाको मृत्यु भएको छ । हेलम्बु क्षेत्रमा उनीहरुको शव आज भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि बिहानबाट प्रहरीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

अन्यको उद्धार कार्य जारी रहेको पोखरेलले बताउनुभयो । बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन रहेको बताइएको छ तर कतिको क्षति भयो भन्ने एकिन हुन सकेको छैन । यता मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर पुन हेलिकोप्टरमार्फत स्थलगत अनुगमनमा आउनुुभएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा द स्किन स्टुडियो संचालनमा

विराटनगर । विराटनगर – ७ हस्पिटल चोकमा ‘द स्किन स्टुडियो’ संचालनमा आएको छ ।वरिष्ठ छाला चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. ज्योती कार्कीले उक्त स्टुडियो बिहीबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएकी हुन् ।स्टुडियोको उद्घाटन...

आज २८५६ संक्रमित थपिए, ३३३६ जना डिस्चार्ज

काठमाडौं, ९ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।  त्यस्तै, आज...

प्रदेश १ को मन्त्रीपरिषद विस्तार

विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...

पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

काठमाडाैं, १४ वैशाख-फेसबुक र ट्विटरबाट अफवाह फैलाएकाे आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा उनलाई ५...

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी लगभग नियन्त्रणमा

काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा गए रातिदेखि भएको आगलागी लगभग नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा लिनका लागि दमकल तथा हेलिकप्टरको प्रयोग गरिएको थियो । औद्यौगिक क्षेत्रका अध्यक्ष एन...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

जलेको अवस्थामा मृत फेला

झापा, माघ १७–झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृतवस्थामा फेला परेकी छन् । बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्