आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

 न्यूज विराट
आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि जहिल्यै प्रधानमन्त्रीको सपना देख्नेहरुकै कारण मुलुक समस्या छ।’

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका थिए । विज्ञप्तीमा भनिएको थियो,‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’ पूर्वप्रधानमन्त्रीहरुको उक्त आरोप आफु प्रधानमन्त्री बन्न नपाएको छटपटी मात्रै भएको मन्त्री कर्णको भनाइ थियो ।

चक्रपथसँग कुरागर्दै मन्त्री कर्णले भन्नुभयो, उठ्दा प्रधानमन्त्रीको सपना देख्यो, बस्दा प्रधानमन्त्रीको सपना देख्यो, कसरी हुन्छ सरकार ढाल्न पाए हुन्थ्यो भन्ने सोच भएकाले नै समस्या बढेको हो ।’ अहिले नेपालमा कुनै विदेशी हस्तक्षेप छैन । पाँचजना पूर्वप्रधानमन्त्री देशका सम्पुर्ण जनताको प्रतिनिधी पनि होइन, आफु जान नपाएको छटपटी जनताले राम्रोसँग बुझेको उहाँले दावी गर्नुभयो ।

सम्बन्धित समाचार

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर...

कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङ्बोको पनि दाबी पेस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका छन् । कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका...

२५ भन्दा बढी स्वादको चिया पाइने ‘चिया वालाज्’ क्याफे विराटनगरमा

विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा साधारण...

देशका विभिन्न स्थानमा वर्षा, भोलि चट्याङ्ग, असिनासहित हावाहुरीको सम्भावना

काठमाडौं, १४ वैशाख-आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।विशेषगरि पश्चिमी र पूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्