प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

 न्यूज विराट
प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर, ३० जेठ । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएका मध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ ।

आज ३०९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

फुङ्लिङ, ६ कात्तिक-दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन...

इटहरी उपमहानगरका लेखा अधिकृत घूससहित पक्राउ पक्राउ

सुनसरी, १ साउन-सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज  पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले...

प्रदेश १ प्रदेशसभाको बैठकः नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर, २८ जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको पाचौँ बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । बिहिबार सरकारका तर्फबाट प्रदेश प्रमुख...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज साँझ विश्वासको मत लिँदै

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका...

समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षाको पक्षमा फैसला

एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

वीपीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्