चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

 न्यूज विराट
चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्रि भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । ‘तपाईंहरुले अनुगमन गर्नुस, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउने छौं ।’ उहाँले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो । अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्रि गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढार्यने जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौं, तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौं ।’ अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाईएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ । बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिनुभयो । बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठयक्रम स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार

सिरहामा ‘फुड बैंक’ स्थापना

सिरहा,  ११ भदौ-सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

अपांगता दिवसको पूर्वसन्ध्यामा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । अपांगता दिवसको पूर्वसन्ध्यामा सामर्थ्य समाजद्वारा विराटनगरमा दिप प्रज्वलन गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता र अपांगता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय अपांगता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धताू भन्ने मुल नाराका...

विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र अमाही मार्ट संचालनमा

विराटनगर । विराटनगरमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा...

प्रदेश २ को नाम छान्न भोलि मतदान

जनकपुर, फागुन ३–प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेश सभामा भोलि बिहान मतदान हुने भएको छ । भोलि विहान ८ बजे बस्ने संसदमा मतदान कार्यसूचि रहेको राजपाका प्रदेशसभा सचेतक परमेश्वर साहले जनाएका छन...

लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेत, ८ वैशाख-कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१०, बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक...

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...

विराटनगरमा रुबी इन्टरप्राइजेजले ठगि गरेको आरोप

विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्