प्रदेश १ को बजेट अधिवेशनका जेठ २४ गतेदेखि

 न्यूज विराट
प्रदेश १ को बजेट अधिवेशनका जेठ २४ गतेदेखि

विराटनगर, २० जेठ । प्रदेश १ को बजेट अधिवेशन २४ जेठदेखि सुरु हुने भएको छ । बिहिबार बसेको मन्त्री परिषद बैठकले २४ जेठ दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आव्हान का लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष सिफिरिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गत प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए । मंगलबार प्रदेश १ संसद्का विपक्षी दलका नेताहरुसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसदमा प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए ।

तर, बुधबारको मन्त्रीपरिषद बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसको विपक्षी दलहरुले विरोध गरेका थिए । प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिँदै आएका थिए ।

सम्बन्धित समाचार

अन्तर स्कुल क्रिकेटको उपाधि सरस्वतीलाई

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

इन्डोनेसियामा १ सय वर्षीया महिला कोरोनामुक्त

एजेन्सी, जेठ १९-इन्डोनेसियामा एकजना १ सय वर्षकी महिला कोरोना भाइरस संक्रमणबाट पूर्ण रुपमा निको भएकी छन् । स्थानीय मिडियाले उनी सबैभन्दा वृद्ध विरामी भएको भन्दै उनले कोभिड–१९ लाई हराएको उल्लेख गरेका छन् । कामतिम नामकी...

सप्तकोशी नगरका पुल तथा कल्भर्ट धमाधम ढल्दै, थुप्रै जग्गा मरुभूमि बन्ने खतरा

विराटनगर, साउन ४–सप्तरीको सप्तकोशी नगरपालिकामा प्राबिधिक अनुगमन प्रभावकारी नहुँदा विकासे कामहरु गुणस्तरहित बन्दै गएका छन् । सप्तकोशी नगरपालिकाको वडा नं ४ र ११ मा बनेको पुल र कल्भर्ट क्वालीटि कन्ट्रोल र फितलो अनुगमनका कारण छोटो...

भारतीय कारबाट १४६ केजी गाँजा बरामद, कार छोडेर चालक फारर

विराटनगर । विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको...

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ-माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्