नेकपा एमालेले नेता माधवकुमारसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
स्पष्टीकरण सोधिएका सांसदहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी कुमारी चौधरी र कलिला खान रहेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत नेताहरूलाई भने स्पष्टिकरण सोधिएको छैन ।
लिखित स्पष्टीकरण सोधिएका एमाले सांसद
१ःझलनाथ खनाल
२ः माधवकुमार नेपाल
३ः भीमवहादुर रावल
४ः मुकुन्द न्यौपाने
५ः रामकुमारी झाँक्री
६ः सरला यादव
७ः पुष्पाकुमारी कर्ण
८ः कलिला खान
९ः निरादेवी जैरु
१०ः लक्ष्मी कुमारी चौधरी
११ः कल्याणी खड्का