विराटनगरका दुईसहित प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

 न्यूज विराट
विराटनगरका दुईसहित प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

विराटनगर, ५ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ र बुधबार विहान गरि थप सात जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, नोबेल शिक्षण अस्पतालमा दुई, मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार विहान विराटनगर महानगरपालिका–८ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मृत्यु भएको सुचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ का ५४ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा विराटनगर–३ की ७० वर्षीया महिलाको बिहान मृत्यु भएको विराटका कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।

त्यस्तै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ७२ वर्षीय पुरुष र बेलबारी नगरपालिका –९ की ५६ वर्षीया महिलाको मंगलबारसाँझ मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा था ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि...

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ९ जेठ-कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । ‘आज डिस्चार्ज गरिको हो’, अस्पतालका डा. सुमन...

परवेजको आक्रमक ब्याटिङ, विराटनगरले दियो एलिटलाई ११५ रनको टार्गेट

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङका खेलाडी परवेज शेख र रवि रोयले आक्रमक ब्याटिङ गरेका छन् । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँगको...

बालबालिकाहरुको लागि स्वास्थ्य शिविर

विराटनगर, २७ भदौ । मस्तिष्क पक्षाघात भएका बालबालिकाहरुका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श स्कुलस्थित सिपि डे सेन्टरमा क्लबले शिविर आयोजना गरेको हो । “सेलेब्रल पाल्सी...

प्रदेश १ मा कोरोना परिक्षण व्यवस्थित बनाइने

विराटनगर, १ भदौ–प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्